मंगलबार बिहान काठमाडौंको बानेश्वरमा डयूटीमा खटिएकी महिला प्रहरी जवानमाथि एक पुरूषले हातपात तथा आक्रमण गरेका छन् । हातपात गर्ने पुरुषलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले जानकारी दिनु भएको छ ।
आकाशे पुलको प्रयोग गर्न अनुरोध गर्दा बानेश्वरमा महिला प्रहरीमाथि हातपात भएको स्रोतले बताएको छ । पक्राउ परेका पुरुष जुम्ला तातोपानी गाउँपालिका वडा २ घर भई हाल बानेश्वर–१० मा बस्ने २७ वर्षका राज कठायत रहेको प्रहरीले जनाएको छ ।
महिला प्रहरी जवानले जथाभावी बाटो काट्न खोजेका ती पुरूषलाई आकाशे पुलको प्रयोग गर्न अनुरोध गर्दा सो घटना भएको हो । त्यसै क्रममा प्रहरी जवानमाथि आक्रोशित ती पुरूषले हातपात गरेका थिए । हातपातमा उत्रिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया