10
Shares
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको मूल्य प्रतितोला ५ सय र चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले घटेको जनाएकाे हो । नेपाली बजारमा मंगलबार सुन प्रतितोला तीन लाख २२ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको छ। यसअघि साेमबार सुन तीन लाख २२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, मंगलबार चाँदी प्रतितोला चार हजार ९ सय रुपैयाँमा किनबेच भइरहेको छ। सोमबार चाँदी प्रतितोला चार हजार ९ सय ६५ रुपैयाँमा किनबेच भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस चार हजार ६ सय ३६ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया