इरानमाथि वित्तीय दबाब बढाउन नयाँ प्रतिबन्ध लगाउने अमेरिकाकाे घोषणा

12 Shares

एजेन्सी । अमेरिकाले इरानमाथि वित्तीय दबाब बढाउनका लागि नयाँ प्रतिबन्ध लगाउने घोषणा गरेको छ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार इरानमाथि नयाँ प्रतिबन्ध लगाइएको बताउनुभएकाे हाे। नयाँ प्रतिबन्धले इरानले प्राप्त गरिरहेको आम्दानीका सबै स्रोतलाई निसाना बनाएको उहाँले उल्लेख गर्नुभएकाे छ। नयाँ प्रतिबन्धले इरानका पाँच मुख्य सम्पत्तिलाई निसाना बनाउने भएकाे हाे।

इरानी नियन्त्रणमा रहेको जलमार्ग, इरानी विद्युतीय सम्पत्ति, प्रविधि, सुन, हवाई क्षेत्र र सामुद्रिकसँगै अन्य ढुवानीका इलाकामा प्रतिबन्ध लगाउँदै इरानलाई अमेरिकाले कमजोर बनाउन खोजेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएकाे छ।

उक्त प्रतिबन्धमा इरानसँग व्यापार गरिरहेका राष्ट्रहरूलाई समेत निसाना बनाइएको हाे। अर्थमन्त्री बेसेन्टले इरानको वर्तमान सत्तालाई साथ दिइरहेका जोकोहीलाई कमजोर बनाउनु नयाँ प्रतिबन्धको उद्देश्य रहेकाे समेत बताउनुभएकाे छ।