इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा चेल्सीको रोमाञ्चक जित

12 Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा चेल्सीले विजयी शुरुवात गरेको छ ।

क्रेभेन कटेजमा साेमबार राति भएकाे खेलमा चेल्सीले घरेलु टोली फुलहमविरुद्ध ३-२ गाेलको रोमाञ्चक जित हात पारेकाे हाे।चेल्सीलाई जित दिलाउन जोआओ पेड्रो, मार्गन रोजर्स र कोल पाल्मरले गोल गरेका थिए। फुलहमका जोश किंग र गोन्जालो गार्सियाले गोल फर्काएका हुन्।

खेलको दोस्रो मिनेटमै पेड्रोको गोलमार्फत चेल्सीले अग्रता लिएको थियो । २३औं मिनेटमा किंगले फुलहमलाई बराबरीमा ल्याएका हुन् । रोजर्सले ४१औं मिनेटमा गोल गर्दा चेल्सी २-१ गाेलले अगाडि बढ्यो । दोस्रो हाफ शुरु भएको चौथो मिनेटमै पाल्मरले टोलीका लागि तेस्रो गोल गरेका थिए।

गार्सियाले ५४औं मिनेटमा गोल गर्दै फुलहमलाई खेलमा फर्काउन प्रयास गरे पनि पर्याप्त बन्न सकेन । विजयी शुरुवात गरेको चेल्सीले तीन अंक जोडेको हाे ।