काठमाडाैं । बैंक नेपाल बैंक लिमिटेडले यहि भदौ ९ गते देखि १४ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुन गईरहेको नाडा अटो शो २०२६ लाई लक्षित गर्दै ग्राहकहरुका लागि विशेष तथा आकर्षक अटो लोन अफर सार्वजनिक गरेको छ।
बैंकले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सबै खाले (विद्युतीय र अन्य) नयाँ निजी तथा व्यापारीक सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुलाई सहज, सरल र प्रतिस्पर्धी वित्तीय सुविधा उपलब्ध गराउने उद्देश्यले विशेष अटो लोन योजना ल्याएको जनाएकाे हाे। यस योजना अन्तर्गत ग्राहकहरुले नाडा अटो शोमा नेपाल बैंक लिमिटेडबाट कर्जा लिई जुनसुकै ब्राण्डको सवारी साधन खरिद गर्दा बैंकको आधार दरमा ० दशमलव ४९ प्रतिशत थप गरि हुन आउने ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्ने भएकाे छ ।
त्यसैगरी यसरी कर्जा उपभोग गर्दा कर्जा प्रशासनिक शूल्कमा ० दशमलव ५ प्रतिशत मात्र सेवा शुल्क लाग्ने र कर्जा उपभोग गर्ने ग्राहकले विना कुनै शूल्क ३ लाखसम्मको क्रेडिट कार्ड (लाइफटाइम) को सुविधा पनि प्राप्त गर्न सकिने बैंकले जनाएको हाे ।
यस सम्बन्धमा बैंकले नाडा अटो शोमा सहभागी सम्पूर्ण ग्राहकवर्ग तथा आम सर्वसाधारणलाई नजिकैको शाखामा बैंकको नवीनतम वित्तीय सेवा तथा सवारी कर्जा सुविधाकाे बारेमा जानकारी लिन समेत अनुरोध गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया