27
Shares
पूर्वी चितवनको कयर खोला किनारमा एक पुरुषको शब फेला परेको छ ।
आज बिहान ११ः४५ बजे खैरहनी नगरपालिका–१ कयर खोला किनारमा रत्ननगर नगरपालिका–१४ का ६८ वर्षीय होमबहादुर परियार मृत अवस्थामा फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुषन यादवका आनुसार घटनाको थप अनुसन्धान सुरु गरिएको छ ।
परियारको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया