यातायात व्यवस्था कार्यालय जुम्लाद्वारा १ करोड ९४ लाख ४४ हजार राजस्व संकलन

9 Shares

काठमाडाैं । यातायात व्यवस्था सेवा कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०८२/८३ मा कूल एक करोड ९४ लाख ४४ हजार राजस्व संकलन गरेको छ ।

गत आवमा करिब ५० लाख बढी राजस्व संकलन भएको हाे । चालक अनुमतिपत्र, सवारीसाधनको सङ्ख्यामा वृद्धि र सेवाप्रवाह छिटोछरितो भएकाले राजस्व बढेको कार्यालयले जनाएको छ । पकेट तथा रुट परमिटबाट १८ लाख ८८ हजार सवारी दर्ता किताब दस्तुरबाट ६४ लाख ९२ हजार, अग्रिम आयकरमार्फत ६ लाख ६८ हजार, बेरुजु असुली एक हजार ५ सय ७५ र सवारीसाधन करबाट एक करोड ३९ लाख तीन हजार राजस्व जम्मा भएको हाे ।

सोही अवधिमा मोटरसाइकल, स्कुटर, मोपेड वर्ग (ए) अन्तर्गत १ सय ८८ वटा, कार, जिप, डेलिभरी भ्यान वर्ग (बी) अन्तर्गत ३८ र चालक अनुमतिपत्र प्रतिलिपि तथा नवीकरण ३ सय ९४ गरी जम्मा ६ सय २० वटा लाइसेन्स वितरण गरिएको कार्यालयले जनाएकाे छ ।