विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा शिक्षिकाको शव भेटियाे, श्रीमान सम्पर्कविहीन

16 Shares

काठमाडाैं। झापाको मेचीनगर नगरपालिका–६, काँकडभिट्टास्थित अरुणोदय इंग्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ ।

प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिका–२ की २९ वर्षीया कविताकुमारी ढुंगानाकाे शव मृतावस्थामा भेटिएको जनाएको हाे ।ढुंगाना श्रीमान् ३० वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा बस्दै आएकी थिइन् । गुप्ता पर्साको वीरगन्ज महानगरपालिका–१६ निवासी भएकाे प्रहरीले बताएकाे छ। श्रीमान र श्रीमती दुवै जनाले गत वैशाखदेखि उक्त विद्यालयमा अध्यापन गरिरहेका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाले घटनाकाे बारेमा थप अनुसन्धान भइरहेको जनाएकाे छ। यहि साउन ५ गतेदेखि विद्यालयमा बिदा थियो । साउन ११ विद्यालय सञ्चालनका क्रममा दुवै शिक्षक सम्पर्कमा नरहेको पाइएको प्रधानाध्यापक दुर्गाबहादुर लुइँटेलले बताउनुभएकाे छ। उनीहरू बस्ने कोठामा पनि बाहिरबाट ताला लगाएकाे रहेकाे प्रहरीले बताएकाे हाे ।

शवको परीक्षणसहित सबै पक्षबाट अनुसन्धान अघि बढाएको प्रहरीले बताएकाे छ। सम्पर्कविहीन रहेका उनका श्रीमानकाे पनि खोजी कार्य जारी रहेकाे प्रहरीले जनाएकाे हाे ।