9
Shares
सिरहा । सिरहाको माडरमा प्रहरीले हवाई फायर गरी ३०० ग्राम खैरो हेरोइनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्युरोका अनुसार पक्राउ परेका व्यक्तिहरूको साथबाट खैरो हेरोइनसँगै एउटा मोटरसाइकलसमेत बरामद गरिएको छ ।
बिहीबार बिहान गस्तीमा रहेको प्रहरी टोलीलाई देखेपछि भाग्न खोजेका उनीहरूलाई एक राउन्ड हवाई फायर गरेर नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया