अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम

20 Shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले मकवानपुर जिल्लाको जुरेली बजार आसपासका क्षेत्रमा अविरल वर्षा भइरहेकाले लाल बकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ ।

विभागले सूचनामार्फत नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दालाई बिहानसम्म सतर्क रहन आग्रह गरेको छ । यस्तै, लम्जुङको घरेडुङ र आसपासका क्षेत्रमा भारी वर्षा भइरहेको तथा थप वर्षा हुने सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरिएको छ ।

ससाना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने र बाढी र पहिरोको जोखिम रहने भएकाले आवश्यक सावधानी अपनाउनसमेत विभागले आग्रह गरेको छ ।