आगामी भदाैमा ‘स्वस्थ शिशु प्रतिस्पर्धा’ काे आयोजना हुने प्रतियोगितामा सहभागी हुन दरखास्त फाराम पनि खुल्यो

15 Shares

काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले ६२औं शिशु प्रदर्शनीको अवसर पारेर ‘स्वस्थ शिशु प्रतिस्पर्धा’ काे आयोजना गर्ने भएको छ।

अस्पतालले आगामी भदौ ११ गते बिहीबार यो प्रतिस्पर्धा आयोजना गर्न लागेको हो। प्रतियोगितामा सहभागी हुन जन्मदेखि १ वर्षसम्मका बालबालिकाहरूका इच्छुक अभिभावकले भदौ ८ गते दिउँसो २ बजेभित्र दरखास्त फाराम भरिसक्नुपर्नेछ। अस्पतालले फारामका लागि अस्पतालको नगद काउन्टरमा फिर्ता नहुने गरी १ सय रुपैयाँ शुल्क बुझाएर भौचर संलग्न गर्नुपर्ने बताएकाे छ।

अस्पतालले फाराम ब्लक ‘ई’ (तेस्रो तल्ला) बालरोग ओपिडी तथा ब्लक ‘सी’ को हेल्प डेस्कबाट प्राप्त गर्न सकिने जनाएको छ।