काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र साहले जैविक कृषिको प्रवर्द्धन, उत्पादन तथा निर्यातका क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताउनुभएको छ ।
बिहीवार सिंहदरबारमा नेपाल अग्र्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरुसँगको छलफलमा उहाँले यस्तो बताउनुभएको नेपाल अग्र्यानिक संघका अध्यक्ष दीपक बास्कोटाले प्रधानमन्त्री साहको भनाइ उद्धृत गर्दै जानकारी दिनुभएको हो । उहाँकाअनुसार प्रधानमन्त्री साहले जैविक कृषिको उत्पादन प्रवद्र्धन कसरी गर्न सकिन्छ भन्ने विषयमा व्यवसायीहरुसँग छलफल गर्नुभएको हो ।
भेटका क्रममा आफूहरुले जैविक कृषि प्रवर्द्धनका लागि मलमा अनुदान दिनुपर्ने माग राखेको उक्त माग सम्बोधन गर्न प्रधानमन्त्री एकदमै सकारात्मक रहेको बताउनु भयो । अध्यक्ष बास्कोटाले अग्र्यानिक चियाको उत्पादन र निर्यातमा देखिएका चुनौती तथा नीतिगत सुधारको आवश्यकता प्रधानमन्त्रीसमक्ष लिखित रुपमा बुझाएको बताउनु भयो । जवाफमा प्रधानमन्त्री साहले अग्र्यानिक चियाको अन्तर्राष्ट्रिय बजार पर्याप्त रहेकाले उत्पादन वृद्धि र किसानलाई प्रोत्साहन गर्नेगरी काम गर्ने बताउनुभएको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीलाई प्रधानमन्त्रीज्युले अग्र्यानिक अभियानको बारेमा कुरा गर्ने भनेर नेपाल अग्र्यानिक एशोशिएशनको तर्फबाट हामीलाई बोलाउनु भयो । एशोशिएशनका सचिव र सदस्यसहित खासगरी चिया कफीको क्षेत्रमा काम गर्ने हामीहरु पाँच जनाले भेट ग¥यौं । चियाको निर्यातमा अवरोध भएको कुरामा अग्र्यानिक चियालाई भएको होइन । अग्र्यानिक चिया उत्पादनको क्षेत्रमा चुनौती धेरै छन् । जतिधेरै मेहनत ग¥यो, जति उत्पादन ग¥यो त्यतिधेरै बजार छ । स्वास्थ्यको हिसावले पनि स्वस्थकर अग्र्यानिक चिया उत्पादनमा देखिएका समस्या समाधान गर्ने विषयमा हामीलाई प्रधानमन्त्रीज्यूलाई जाहेर ग¥यौ । उहाँ यस विषयमा अत्यन्तै सकारात्मक हुनुहुन्छ । हामीले अग्र्यानिक कृषिको प्रवद्र्धनको लागि लिखित माग समेत राख्यौँ । उहाँले उक्त मागको कार्यान्वयनको लागि हाम्रै अगाडि सचिवालयलाई निर्देशन समेत दिइसक्नुभयो ।’
हिमालयन साङ्ग्रिला टी फ्याक्ट्रीका अध्यक्ष कमल मैनालीले रासायनिक मलसरह जैविक मलमा पनि अनुदान उपलब्ध गराउनुपर्ने माग प्रधानमन्त्री समक्ष राखेको बताउनु भयो । उहाँले जैविक प्रमाणीकरण प्रक्रियालाई सहज बनाउन अन्तर्राष्ट्रिय मान्यता प्राप्त संस्था स्थापना गर्न तथा रोकिएको निर्यात अनुदान पुनः उपलब्ध गराउनुपर्ने माग समेत राखेको बताउनु भयो । जवाफमा प्रधानमन्त्री साहले अग्र्यानिक कृषि क्षेत्रमा देखिएका समस्या हल गर्न तत्काल कदम चाल्ने आश्वासन दिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘रासायनिक मललाई जस्तै जैविक मलमा समेत अनुदान दिनप¥यो भन्ने हाम्रो मुख्य माग थियो । अग्र्यानिक प्रमाणिकरण धेरै खर्चिलो छ । त्यसमा अनुदानको कुार थियो । निर्यातमा समेत हामीले पाइराखेको अनुदान अहिले रोकिएको छ । त्यो पनि पाउनुपर्छ भन्ने कुरा थियो । र नेपालमै एउटा अन्तर्राष्ट्रिय मान्यताप्राप्त संस्था चाहियो भन्ने कुरा राख्यौँ । अहिले प्रमाणिकरणको काम नेपालबाट हुँदैन । हामीले भारत, अमेरिका, जर्मनी, अष्टे«लिया लगायतका देशहरुबाट सर्किफिकेशन लिने गरेका छौँ जुन एकदमै खर्चिलो रहेको छ । यसको समाधानको लागि प्रधानमन्त्रीज्यूले के गर्न सकिन्छ ? प्रक्रिया अगाडि बढाउनुस् भनेर निर्देशन दिनुभएको छ ।’
गोर्खा टी स्टेटका अध्यक्ष उदय चापागाईंले आफूले अग्र्यानिक चियामार्फत नेपाली उत्पादनको अन्तर्राष्ट्रिय प्रतिष्ठा कायम राखिरहेको भएपनि विगतका सरकारबाट आवश्यक सहयोग प्राप्त गर्न नसकेको बताउनु भयो । उहाँले सरकारले उत्पादनभन्दा लगानीलाई बढी प्राथमिकता दिने गरेको गुनासो समेत प्रधानमन्त्री साहलाई सुनाएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘प्राङ्गारिक चिया बनाएर अहिले हामीले देशको इज्जत राखिरहेका छौँ । म आफैं पनि गोर्खा टी स्टेटबाट तीन, चार वटा देशमा चिया निर्यात गरिरहेको छु । हामी निजी क्षेत्र कुनैपनि कुरामा लगानी ग¥यौं भने रिजल्टको रुपमा हेर्छौँ । तर सरकारले रिजल्टलाई नभई खर्च मात्र हेर्ने रहेछ । हामीलाई विश्व व्यापार संगठनबाट प्राङ्गारिक चिया बनाउन १८ करोड रुपैयाँ अनुदान आएको थियो । ६ करोड त फर्केर गयो । आज प्रधानमन्त्रीज्यूसँगको छलफलले सकारात्मक उर्जा आएको छ । नेपाल प्राकृतिक रुपमा धनि छ । नेपालको सबै प्राकृतिक तथा जैविक कुरालाई विश्वबजारमा पु¥याउन सहयोग गर्नुभयो भने हामी प्रधानमन्त्रीज्यूसँग धेरै आभारी हुनेछौँ ।’
प्रधानमन्त्रीहरुसँगको छलफलले उद्योगीहरूमा सकारात्मक ऊर्जा थपिएको बताउँदै व्यवसायीहरुले नेपालको प्राकृतिक तथा जैविक उत्पादनलाई विश्व बजारमा पु¥याउन सरकारले मद्दत गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया