प्रधानमन्त्री शाहले आज नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीसँग छलफल गर्दै

17 Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरूसँग छलफल गर्नुहुने भएकाे छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बिहान साढे ११ बजेदेखि छलफल हुने भएकाे हाे। छलफलमा संघका अध्यक्ष दीपक बास्कोटा, उपाध्यक्ष प्रेम लामा तथा गोर्खा टि इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन सांग्रिला टि फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली र अन्नपूर्ण अर्ग्यानिक एग्रो इन्डस्ट्रीका अध्यक्ष फर्शुराम आचार्य सहभागी हुने भएका छन् ।

प्रधानमन्त्री शाहले नेपालमा उद्योग, व्यवसाय प्रवर्द्धनका निम्ति उद्योगी–व्यवसायीसँग निरन्तर छलफल गर्दै उहाँहरूका जायज माग सम्बोधन गर्दै आउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएकाे हाे ।