बालुवाटारबाट निहारिका राजपुत र बिनु यादव पक्राउ

17 Shares

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारस्थित निषेधित क्षेत्रबाट विरोध प्रदर्शन गर्न पुगेका दुई महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा पर्नेमा निहारिका राजपुत र बिनु यादव रहेका छन् । उनीहरू बिहीबार बिहान प्रधानमन्त्री निवास क्षेत्र पुगेपछि प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार निषेधित क्षेत्र उल्लंघन गरेकाले उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

राजपुत र यादव घरेलु हिंसाको घटनामा न्यायको माग गर्दै केही दिनयता आन्दोलनरत छन् । उनीहरूले आफूहरूसँग सम्बन्धित अदालतमा विचाराधीन मुद्दाको शीघ्र सुनुवाइ हुनुपर्ने माग गर्दै आएका छन् ।