काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले लोकतन्त्रको मर्म नबुझ्ने व्यक्तिहरू अहिलेको शासन सत्तामा रहेको टिप्पणी गर्नुभएकाे छ ।
काठमाडौंमा बुधबार चक्रप्रसाद बास्तोला बौद्धिकता र विद्रोह नामक पुस्तक विमोचन समारोहलाई सम्बाेधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएकाे हाे । उहाँले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले संघीयता नराख्ने भनेर बोल्ने गरेको भन्दै आपत्ति जनाउनुभयाे। पूर्वराष्ट्रपति यादवले संघीयता खारेज गर्नुपर्ने अभिव्यक्तिले देशलाई पछाडि धकेल्ने समेत बताउनुभएकाे छ ।
अन्तर्राष्ट्रिय निकायमा काम गरेको र देशको आर्थिक–सामाजिक रूपान्तरण (प्याराडाइम सिफ्ट) गर्ने अपेक्षा गरिएका विद्वान व्यक्तिहरूबाटै संघीयता विरोधी धारणा आउनु दुर्भाग्यपूर्ण रहेको उहाँको टिप्पणी छ । पूर्वराष्ट्रपति यादवले लोकतन्त्रको मर्म र संविधानको भावना नबुझ्नेहरूले वर्तमान व्यवस्थालाई कमजोर बनाउन खोजेको आरोप उहाँले लगाउनुभयाे।
फेसबुकबाट तपाईको प्रतिक्रिया