कीर्तिपुरमा कारभित्र जल्नेको पहिचान खुल्याे

24 Shares

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने व्यक्तिको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कारभित्र जलेर मृत्यु हुने व्यक्ति सुरेशचन्द श्रेष्ठ हुन् । उनी कारधनीसमेत रहेको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा बा ५ च ३०३८ नम्बरको कारमा आगलागी हुँदा कारभित्र रहेका श्रेष्ठको मृत्यु भएको थियो ।

उनको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ । घटनाको कारण खुल्न बाँकी रहेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।