21
Shares
काठमाडौं । काठमाडौँका कपडा व्यवसायी नवीन अग्रवालले आफ्नै घरको चौथो तलाबाट हाम फालेर आत्महत्या गरेका छन् ।
उनले काठमाडौं महानगरपालिका–७, बौद्ध, चुच्चेपाटीस्थित भाटभटेनी सुपर स्टोर पछाडि रहेको आफ्नै घरको बार्दलीबाट हाम फालेका थिए ।
गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले पुष्टि गरे ।
अग्रवाल भारतबाट कपडा आयात गरी काठमाडौंमा थोक व्यापार गर्दै आएका थिए । उनको व्यवसाय बौद्ध क्षेत्रमा रहेको थियो । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया