पर्वतमा ट्याक्टर दुर्घटना, दुईजनाको घटनास्थलमै मृत्यु

10 Shares

काठमाडौँ । पर्वतको कुश्मा नगरपालिका वडा नं. ९ सिल्मी स्थित एकोहोरेपाखा भन्ने स्थानमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ ।

शनिवार दिउँसो ३ बजे सदरमुकाम कुश्माबाट ज्ञादीतर्फ तर्फ जाँदै गरेको ग १त ७२७३ नम्वरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हूँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङका चालक ३० वर्षिय सुजन परियार र कुश्मा नगरपालिका वडा नं. १० कटुवाचौपारी स्थित साईकलचोक बस्ने अन्दाजी १४ वर्षका शिशिर लामिछाने रहेका छन् ।

अर्का एक जना घाईते भएका छन् । घाईते हुनेमा ट्याक्टरमा सवार स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नं. ५ आरुचौर घर भई पोखरा बस्ने २२ बर्षिय उदय सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ । घाईतेको प्रदेश अस्पताल पर्वतमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

ट्याक्टर अनियन्त्रित भई सडकवाट झण्डै एक सय मिटर तल पुगेको थियो । घटनाको बारेमा थप अनुसनधान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक राजनकुमार पटेलले जानकारी दिनुभयो ।

दुर्घटना हुने वित्तिकै शसस्त्र प्रहरी बल चण्डिका गण पर्वत र जिल्ला प्रहरी कार्यालय पर्वतको टोली पुगेर मृतक तथा घाईतेको उद्धार गरेको थियो ।