यस्तो तालले बालेन सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ

10 Shares

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन शाह नेतृत्वको वर्तमान सरकार यही शैलीमा ५ वर्ष नटिक्ने दाबी गरेका छन् ।

पार्टीको खाँडादेवी–काठमाडौँ सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएका हुन् ।

उनले सरकार ५ वर्ष नै टिकोस् भन्ने आफ्नो चाहना रहेको भएपनि रास्वपाले बोल्ने एउटा काम अर्को गर्ने गरिरहेको जानकारी दिए ।

सरकारले गलत काम गरे सडक आन्दोलन गर्ने उनले चेतावनी समेत दिए ।