9
Shares
काठमाडौं । सप्तरीको राजविराज कारागारमा शनिबार बिहान भएको विवादपछि पाँच जना कैदीबन्दीले मट्टितेल छर्केर आत्मदाहको प्रयास गरेका छन्।
कारागार प्रशासनका अनुसार कैदीबन्दीबीच केही दिनदेखि आन्तरिक विवाद चलिरहेको थियो। आत्मदाहको प्रयास भएको तर च्याम्बरमै चिकित्सक टोली र एम्बुलेन्स भएको हुनाले कुनै क्षति नभएको उनको दाबी छ ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले अवस्था अहिले नियन्त्रणमा रहेको र घटनाबारे थप छलफल तथा अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया