15
Shares
काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई कारागारमुक्त गर्न आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र कुमार रेग्मीको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ गर्दै कोइरीलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
थमनविक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले कोइरीलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो । उक्त फैसलाको सुनुवाइपछि उनलाई पक्राउ गरी जलेश्वर कारागार चलान गरिएको थियो ।
तर, सर्वोच्चले गत १९ असारमा जारी गरिएको कैदी पुर्जी कानुनसम्मत नरहेको ठहर गर्दै उनलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया