पत्रकारहरूलाई क्षमता अभिवृद्धि तालिम

18 Shares

काठमाडौं । क्षमता अभिवृद्धिका लागि पत्रकारहरुलाई तालिम दिइएको छ ।

काठमाडौंमा बिहीबार एकता फाउण्डेसन नेपालको आयोजना तथा सूचना तथा सञ्चार मन्त्रालयको सहकार्यमा पत्रकारहरुलाई क्षमता अभिवृद्धि तालिम दिइएको हो । ‘समावेशी पत्रकारिताः सीप, क्षमता र सहकार्य’ विषयक उक्त कार्यक्रम पत्रकारिता क्षेत्रमा कार्यरत जनशक्तिको पेशागत दक्षता, सीप र क्षमता अभिवृद्धि गर्ने मुख्य उद्देश्यका साथ सञ्चालन भएको बताइएको छ।

कार्यक्रममा समावेशी पत्रकारिताका विविध आयाम र सहकार्यका विषयमा केन्द्रित रहेर छलफल गरिएको हाे । आयोजक संस्था एकता फाउण्डेसन नेपालले कार्यक्रम अर्थपूर्ण र उपलब्धिमूलक भएको जनाएकाे छ।