काठमाडाैं । पूर्वमन्त्री अनिलकुमार सिन्हाले गत वर्षको भदौ २३ र २४ गतेको राजनीतिक घटनापछि गठित तत्कालीन अल्पकालीन सरकारको एक मात्र उद्देश्य मुलुकलाई राजनीतिक निकास दिनुरहेको बताउनुभएको छ ।
काठमाडाैंमा शुक्रबार आयाेजित एक कार्यक्रमलाई सम्बाे धन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उक्त समयमा सरकारको ध्यान राजनीतिमा भन्दा पनि निर्वाचनमार्फत लोकतान्त्रिक पद्धति स्थापित गर्नेतर्फ केन्द्रित रहेको उहाँले स्मरण गर्नुभयो । उहाँका अनुसार तत्कालीन प्रधानमन्त्रीले समयमै निष्पक्ष, धाँधलीरहित र स्वतन्त्र निर्वाचन सम्पन्न गर्न स्पष्ट निर्देशन दिनुभएको थियो ।
पूर्वमन्त्री सिन्हाले निर्वाचन आयोग पूर्ण नरहेको र कार्यवाहकको भरमा चलेको भएपनि आयोगले प्रश्तुत गरेको परिपक्व कार्ययोजनाले निर्वाचनप्रतिको विश्वास जगाएको बताउनुभएकाे छ। साथै, राजनीतिक दलहरूले पनि निर्वाचनलाई जनताको प्रतिनिधि छान्ने अवसरका रूपमा लिएर सहमति जनाएका थिए ।
आर्थिक व्यवस्थापनका सन्दर्भमा तत्कालीन अर्थमन्त्री रामेश्वर खनालले बजेटको अभाव हुन नदिने प्रतिवद्धता जनाउनुभएको र निर्वाचन आयोगले पनि मितव्ययिता अपनाउँदै स्थानीय उत्पादनको प्रयोगलाई प्राथमिकता दिएको उहाँले उल्लेख गर्नुभएकाे छ। तत्कालीन उद्योगमन्त्री समेत रहनुभएका सिन्हाले स्थानीय सामग्रीको अधिकतम प्रयोग गर्ने नीतिलाई आयोगले पनि हृदयङ्गम गरी निर्देशन जारी गरेकोमा खुशी व्यक्त गर्नुभयो ।
पूर्वमन्त्री सिन्हाले विषम परिस्थितिमा पनि निर्वाचन सफल बनाउन दृढ सङ्कल्पका साथ लाग्ने तत्कालीन नेपाली सेना, नेपाल प्रहरी र जिल्ला प्रशासनका कर्मचारीहरूको भूमिकाप्रति आभार समेत प्रकट गर्नुभएकाे छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया