कक्षा १२ को नतिजाको पर्खाइमा रहेका विद्यार्थीका लागि निःशुल्क तालिम, १४ विषयमा सीप सिक्ने अवसर

14 Shares

काठमाडौं । कक्षा १२ को परीक्षा दिएर नतिजाको पर्खाइमा रहेका विद्यार्थीहरूका लागि नयाँ बानेश्वरस्थित टेक्सपायर कलेजले ‘टेक्सपायर ओडिसी २०२६’ कार्यक्रम सञ्चालन गरेको छ । यस कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले विभिन्न १४ वटा विषयमा निःशुल्क सीपमूलक तालिम लिन सक्नेछन् ।

कलेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आशिष प्रसाईका अनुसार परीक्षापछिको खाली समयलाई सदुपयोग गर्दै विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो । यसले विद्यार्थीलाई नयाँ सीप सिक्न, आफ्नो रुचि पहिचान गर्न र उच्च शिक्षाको तयारीका लागि मार्गप्रशस्त गर्ने उनले बताए ।

तालिममा वर्तमान समयमा माग भएका डिजाइनिङ, साइबर सुरक्षा, कन्टेन्ट क्रिएसन, डेटा साइन्स, भिडिओ एडिटिङ, डिजिटल मार्केटिङ, वेब डेभलपमेन्ट, गेम डेभलपमेन्ट, रोबोटिक्स, प्रम्प्ट इन्जिनियरिङजस्ता व्यावहारिक विषयहरू समावेश छन् ।

सात हप्तासम्म चल्ने कार्यक्रममा हरेक हप्ता दुईवटा विषयमा तालिम दिइनेछ । कलेजका अनुसार केही विषयको तालिम सुरु भइसकेको छ भने धेरै विषयका तालिमहरू सञ्चालन हुन बाँकी नै छन् । तालिमका कक्षाहरू हरेक दिन बिहान ७ बजेदेखि सुरु हुन्छन् ।

कलेजले तालिमलाई थप प्रभावकारी र अन्तर्क्रियात्मक बनाउन हरेक १५ दिनमा अतिरिक्त क्रियाकलाप पनि आयोजना गर्नेछ । जसअन्तर्गत क्रिक्सल, फ्री फायर, टेबल टेनिस, ब्याडमिन्टन, ई-फुटबल तथा बास्केटबल प्रतियोगिताहरू सञ्चालन हुने कलेजले जनाएको छ ।

सीईओ प्रसाईले नतिजा कुरेर खाली बस्नुभन्दा नयाँ सीप सिकेर भविष्यका लागि तयार रहन विद्यार्थीहरूलाई आग्रह गरेका छन् । ‘टेक्सपायर ओडिसी २०२६’ ले विद्यार्थीलाई प्रविधिसँग जोड्दै उनीहरूको आत्मविश्वास बढाउन मद्दत गर्ने उनको भनाइ छ ।

कार्यक्रममा सहभागी हुन इच्छुक विद्यार्थीले थप जानकारीका लागि सिधै कलेजमा सम्पर्क गर्न वा यहाँ क्लिक गरी आवश्यक विवरण भर्न सक्नेछन् ।