बढ्याे आज फेरि सुनचाँदीको मूल्य

13 Shares

काठमाडाैं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। बिहीबार तोलामा पाँच हजार पाँच सय रूपैयाँ घटेको सुनको मूल्य शुक्रबार प्रतितोला पाँच हजार ६ सय रूपैयाँले बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुन प्रतितोला दुई लाख ९० हजार ६ सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ।

बिहीबार सुन प्रतितोला दुई लाख ८५ हजार रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी बिहीबार प्रतितोला चार हजार आठ सय ६५ रूपैयाँमा कारोबार भएको थियाे । तर चाँदी शुक्रबार तोलामा पाँच हजार ४० रूपैयाँमा काराेबार भइरहेको छ। यो मूल्य बिहीबारको तुलनामा प्रतितोला एक सय ७५ रूपैयाँले बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस चार हजार पाँच सय १२ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।