काठमाडाैं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ।
सोमबार तोलामा एक हजार नौ सय रूपैयाँले बढेको सुनको मूल्य मंगलबार प्रतितोला एक हजार तीन सय रूपैयाँले घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारसुन प्रतितोला दुई लाख ९१ हजार पाँच सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। सोमबार सुन प्रतितोला दुई लाख ९२ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी सोमबार प्रतितोला पाँच हजार एक सय ५० रूपैयाँमा कारोबार भएको थियाे । चाँदी मंगलबार तोलामा पाँच हजार ६० रूपैयाँमा काराेबार भइरहेको छ। यो मूल्य साेमबारको तुलनामा प्रतितोला ९० रूपैयाँले घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस चार हजार पाँच सय ६५ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया