काठमाडाैं । नेकपा एमालेले घरबासविहीन अवस्थामा पुगेका सुकुम्बासीहरुका प्रतिघरपरिवारलाई जेठ, असार र साउन महिनाका लागि १५/१५ हजारका दरले राहत दिने सरकारको निर्णय तत्काल सच्याउनुपर्ने माग गरेको छ । प्रतिनिधिसभा बैठकमा बोल्दै एमालेमा सांसद गुरुप्रसाद बरालले उनीहरुले जीवन धान्न पनि नपुग्ने रकम भएकाले उक्त रकम बढाउन सरकारसँग माग गर्नुभएको हो ।
उहाँले अस्थायी बसोवासका लागि उनीहरुका प्रतिघरपरिवारलाई २५ हजारका दरले राहत दिने सरकारको निर्णयमा पनि आपत्ति जनाउनुभयो ।
सरकारको यो निर्णय पनि सुकुम्बासीमाथिको ठूलो हमलाको रुपमा आएको उपाध्यक्ष बरालको जिकिर छ ।… सांसद बरालले होल्डिङमा पनि सुकुम्बासीहरुलाई अमानवीय ढंगले राखेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गर्नुभयो
फेसबुकबाट तपाईको प्रतिक्रिया