काठमाडाैं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ।
सोमबार प्रतितोला एक हजार दुई सय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार तोलामा ९ सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन प्रतितोला ३ लाख एक सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ। सोमबार सुन प्रतितोला तीन लाख एक हजार रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी सोमबार प्रतितोला ४ हजार ६ सय २० रूपैयाँमा कारोबार भएको थियाे। तर चाँदी मंगलबार तोलामा चार हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य साेमबारको तुलनामा मंगलबार प्रतितोला २० रूपैयाँले घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस ४ हजार ३ सय सात अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया