आईपीएल क्रिकेटमा लखनउ जायन्ट्सकाे रोयल बैंगलाेरमाथि शानदार जित

37 Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले रोयल च्यालन्जर्स बैंगलाेर पराजित भएकाे छ।

लखनउमा बिहीबार राति सम्पन्न भएकाे खेलमा लखनउ डीएलएस पद्धति अनुसार ९ विकेटले विजयी भएपछि शीर्ष स्थानमा उक्लने बैंगलाेरकाे लक्ष्यमा अवरोध भएको हाे। वर्षाका कारण १९ ओभरमा झारिएको खेलको नतिजा डीएलएस पद्धति अनुसार घोषणा गरिएको थियो । लखनउले दिएको २ सय ९ रनकको लक्ष्य पछ्याएको बैंगलाेर निर्धारित १९ ओभरमा ६ विकेट गुमाएर २ सय ३ रनमा समेटियो ।

यसअघि, टस हारेर पहिहले ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित १९ ओभरमा ३ विकेटको क्षतिमा २ सय ९ रन बनाएको थियो । लखनउका मिचेल मार्शले १ सय ११ रनको शतकीय इनिङ खेलेका छन्र। त्यस्तै, निकोलस पूरनले ३८ तथा ऋषभ पन्तले ३२ रन बनाएका थिए।

यो जितसँगै लखनउ १० खेलबाट ६ अंकका साथ तालिकाको अन्तिममा छ । समान खेलबाट १२ अंक बनाएको बैंगलाेर तेस्रो स्थानमा यथावत रहेकको हाे । जारी आईपीएल क्रिकेटमा शीर्ष स्थानमा रहेको सनराइजर्स हैदरावादको १४ र दोस्रो स्थानमा रहेको पन्जाब किंग्सको १३ अंक छ ।