काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय ले गत २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने १ हजार ८ सय ६ चालकलाई कारबाही गरेको जनाएको छ।
कार्यालयका अनुसार उक्त कारबाहीबाट राज्यकोषमा १८ लाख ७६ हजार ५ सय ४ रुपैयाँ राजस्व संकलन भएको छ।
कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने ७७ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १ सय ६२ जना, ट्राफिक संकेत उल्लङ्घन गर्ने १ सय ६ जना तथा तीव्र गतिमा सवारी चलाउने ८८ जना रहेका छन्।
त्यसैगरी, लेन अनुशासन पालना नगर्ने ८४ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ३९ जना, सडक पेटीमा पार्किङ गर्ने ७७ जना तथा एकतर्फी सडकमा सवारी चलाउने १ सय ११ जनालाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।
यसबाहेक अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने १ हजार ६२ जनामाथि समेत कारबाही गरिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया