काठमाडाैं । विद्यार्थी संगठनमाथि प्रतिवन्ध गर्ने सरकारी घोषणाको विरोधमा काठमाडौंमा कालो बेलुन उडाएर प्रदर्शन गरिएको छ । नेपाल विद्यार्थी संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले संयुक्त रूपमा राजधानीमा विरोध प्रदर्शन गरेको हो ।
विद्यार्थी नेताहरूले विद्यार्थी संगठनमाथिको प्रतिवन्धलाई अलोकतान्त्रिक र दमनकारी कदम बताएका छन् । नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य मात्रिका तिमिल्सिनाले मंगलवार शान्तिपूर्ण आन्दोलनमा सहभागी विद्यार्थीलाई हिरासतमा लिएको घटनाप्रति पनि आपत्ति जनाउनु भयो । उहाँले सरकारले संगठनमाथि प्रतिबन्ध गर्ने घोषणा फिर्ता नलिए देशभर सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिनुभयो ।
उहाँले भन्नुभयो, ‘सरकारले विद्यार्थी संगठनहरुमाथि प्रतिबन्धको घोषणा जुन पञ्चायतमा समेत भएन त्यसका विरुद्ध र नेपाल विद्यार्थी संघका केही साथिहरुले हिजो शान्तीपूर्ण आन्दोलन गर्दा उनीहरुलाई हिरासतमा राखेको छ । त्यसका विरुद्ध नेपाल विद्यार्थी संघ र अनेरास्ववियुले संयुक्त आन्दोलन शुरु गरेका छौँ ।
आजैदेखि हामी यो आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाउनेछौँ । यो सरकार आफैंमा नालायक छ, लाचार छ । सरकारले मनोमानि गरिरहेका छन् । गृहमन्त्रीले रजगजमा शासन गर्छ ।
माफियाहरुलाई संरक्षण गरिरहेको छ ।’ सरकार मनोमानि ढंगले शासन सञ्चालन गरिरहेको समेत उहाँको आरोप छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया