अमेरिकी सहायक विदेशमन्त्री कपुर नेपालमा

34 Shares

काठमाडाैं । दक्षिण तथा मध्य एशिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल आईपुग्नुभएको छ ।

टर्किस एयरलाइन्सको उडानमार्फत कपुर साेमबार बिहान काठमाडौं आइग्नुभएको हो । कपुर बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि नेपाल आउने सबै भन्दा उच्च कूटनीतिक अधिकारी हुनु भएकाे छ। भ्रमणका क्रममा कपुरले अर्थमन्त्री डा.स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल लगायतका उच्च अधिकारीहरुसँग भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएकाे हाे।

भेटवार्तामा एमसीसीको कार्यान्वयनलगायत नेपाल-अमेरिका द्विपक्षीय सम्बन्धका विषयमा छलफल हुने पनि बुझिएकाे छ । नेपाल भ्रमणमा रहँदा अमेरिकी सहायक विदेशमन्त्रीले पाटन दरवार स्क्वायरको पनि अवलोकन गर्ने कार्यक्रम रहेकाे हाे। सहायक विदेशमन्त्री कपुर बुधबार फिर्ता हुने कार्यक्रम छ ।