काठमाडौं । नमोबुद्ध नगरपालिकाले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्ला समन्वय समितिका प्रमुख दीपक कुमार गौतमको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथिको आसनबाट बोल्दै गौतमले सत्ता पक्षमा जो आएपनि देश र जनताको लागि काम गर्न तल्लिन रहे मात्र जनताको भलो हुने कुरा बताउनुभयो । उहाँले देशको परिस्थितिलाई नियाल्दा देश रहन्छ रहन्न भन्ने कुरामा आफू पनि अन्योलमा रहेको बताउनुभयो । देश विकासको पहिलो खुड्किलो भनेको स्वास्थ्य नै रहेको समेत उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख, नमोबुद्ध नगरपालिका अन्तर्गतको वडा नं ११ का वडा अध्यक्ष, स्वास्थ्य स्वयंसेविकाहरू र नगरपालिकाका विभिन्न तहका व्यक्तित्वहरू समाजसेवीहरू राजनीतिक दलका प्रतिनिधिहरूको समेत बाक्लो उपस्थिति रहेको थियो ।।
फेसबुकबाट तपाईको प्रतिक्रिया