नेप्से अब सोमबारदेखि शुक्रबारसम्म सञ्चालन हुने

153 Shares

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अब सेयर कारोबार सोमबारदेखि शुक्रबारसम्म हुने जनाएको छ।

नेप्सेले बुधबार जारी गरेको सूचनाअनुसार, मन्त्रिपरिषद्को बैठकले चैत २२ गते गरेको निर्णयअनुसार यो व्यवस्था लागु हुने भएको हो।

सरकारले सोही निर्णयमार्फत सरकारी कार्यालय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गर्ने र शनिबार–आइतबार सार्वजनिक बिदा रहने व्यवस्था पनि तय गरेको थियो।

nepse.jpg