नेपाल गृहश्रमिक ट्रेड युनियन ‘हुन’ को चौथो अधिवेशन सम्पन्न

252 Shares

काठमाडौ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) आवद्ध  नेपाल गृहश्रमिक ट्रेड युनियन ‘हुन’ले आफ्नो चौथो अधिवेशन भव्य रुपमा सम्पन्न गरेको छ । 
चन्द्र सागर लामाको अध्यक्षतामा सम्पन्न अधिवेशनले ज्ञानुमाया क्षेत्रीको अध्यक्षतामा १७ सदस्य केन्द्रीय कमिटी र प्रतिनिधि परिषद् प्रमुखमा चन्द्रसागर लामालाई निर्वाचित गरेको छ ।

उक्त अधिवेशन कार्यक्रम अन्तर्राष्ट्रिय ट्रेड युनियन समन्वय केन्द्र, आईटीयुसीन्याक तथा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठको प्रमुख आतिथ्यतामा काठमाडौ स्थित होटल कृस्टल पशुपति, पिङ्गलास्थानमा सम्पन्न भएको हो ।

कार्यक्रमको समुद्घाटन गर्दै प्रमुख अतिथि बिनोद श्रेष्ठले नेपालमा घर आधारित श्रमिकको अधिकारका लागि ‘हुन’ ले गर्दै आएको महत्त्वपूर्ण कामहरुको प्रशंसा गर्दै अब आउने नयाँ कार्य समितिले अझै प्रभावकारी काम गर्ने बिश्वास सहित शुभकामना मन्तव्य व्यक्त गरे । श्रेष्ठले बदलिँदो राजनीति परिस्थितिमा युनियनलाई सशक्त ढङ्गले अगाडि बढाउन सकिएन भने बिगतबाट प्राप्त अधिकार पनि गुम्न सक्ने बताउदै शक्तिशाली युनियन आजको आवश्यकता भएको बताए ।

त्यसैगरी, हुनका संस्थापक अध्यक्ष तथा बागमती प्रदेश उद्योग वाणिज्य भूमि प्रशासन मन्त्री बिन्दु श्रेष्ठ, जिफन्ट उपाध्यक्ष सीता लामा, जिफन्ट महासचिव लक्ष्मण शर्मा, क्युपेक केन्द्रीय अध्यक्ष शान्ता कार्की, आईडीडब्लुएफका एशिया प्रशान्त संयोजक फिस आईपी तथा उपाध्यक्ष र महासचिवले भिडियो सन्देश मार्फत गृह श्रमिकहरुमा  शुभकामना व्यक्त गरेका थिए ।