लुम्बिनी सांसद रेखाकुमारी शर्मालाई हिरासतमुक्त

144 Shares

काठमाडौं। लुम्बिनी प्रदेशसभा सदस्य रेखाकुमारी शर्मा लाई जिल्ला अदालत काठमाडौंले हिरासतमुक्त गर्न आदेश दिएको छ।

अदालतले बालबालिकासम्बन्धी कसुरमा पक्राउ परेकी शर्मालाई थुनामा राखिरहनु नपर्ने भन्दै हिरासतबाहिरै राखेर थप अनुसन्धान प्रक्रिया अघि बढाउन अनुमति दिएको हो।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश जगतबहादुर पौडेल को इजलासले आदेश जारी गरेको हो। यसअघि पनि मुद्दा चलाउन नपर्ने निर्णय भइसकेको कुरा अदालतले ध्यानमा राखेको थियो।

सांसद शर्मामाथि एक बालिकालाई आफ्नो घरमा राखेर बालश्रम गराएको गम्भीर आरोप छ। अदालतले हिरासतमुक्त गरेर अनुसन्धान जारी राख्ने निर्णय गरेको छ।