174
Shares
काठमाडौं। आर्थिक अनियमितताको आरोपमा पक्राउ परेका शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाल लाई अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
भैरहवाबाट पक्राउ गरी काठमाडौं ल्याइएका उनलाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएको थियो, जहाँबाट थप अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्ने अनुमति दिइएको हो।
सुलभ पक्राउ परेसँगै उनका बुवा तथा ग्रुपका अध्यक्ष शंकर अग्रवाल भने रिहा भएका छन्। गत शुक्रबार पक्राउ परेका उनलाई सम्पत्ति शुद्धीकरण विभागमा बुझाइएको थियो। विभागले सोधपुछपछि उनलाई छाडेको जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया