डा. नारायण कँडेल महान्यायाधीवक्तामा नियुक्त

138 Shares

काठमाडौं। सरकारले अधिवक्ता नारायण कँडेल लाई महान्यायाधीवक्तामा नियुक्त गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बाग्लुङ स्थायी घर भएका कँडेललाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

संवैधानिक व्यवस्था अनुसार महान्यायाधीवक्ता सरकारको प्रमुख कानुनी सल्लाहकार हुने गर्छन्। साथै, सरकारवादी मुद्दा चलाउने वा नचलाउने अधिकार पनि महान्यायाधीवक्तालाई नै प्रदान गरिएको छ।