काठमाडौं : कांग्रेसको आधिकारिकता विवादमा आज सर्वोच्च अदालत मा सुनुवाइ
नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा आज सर्वोच्च अदालतमा पेसी तोकिएको छ। उक्त मुद्दा आजको पेशी सूचीमा १२औँ नम्बरमा रहेको छ।
यसअघि चैत १ गते पेसी तोकिए पनि पालो नआएका कारण सुनुवाइ स्थगित भएको थियो। त्यस समयमा रिट दायरकर्ता पूर्ण बहादुर खड्का स्वयं बहसका लागि अदालत पुगेका थिए।
आजको सुनुवाइमा दुवै पक्षका कांग्रेस नेताहरू अदालतमा उपस्थित हुने अपेक्षा गरिएको छ। उपसभापति विश्व प्रकाश शर्मा पनि बहसका लागि सर्वोच्च अदालत जाने तयारीमा छन्।
विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएपछि र निर्वाचन आयोग ले मान्यता दिएपछि त्यसको विरोधमा खड्काले सभापति थापा, उपसभापति शर्मा र निर्वाचन आयोगलाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन्।
यस सुनुवाइले कांग्रेसको आधिकारिकता विवादको भविष्यमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया