138
Shares
काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबी मा ड्रोनका अवशेष खस्दा घाइते भएका ७ नेपालीमध्ये ६ जना सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।
अबुधाबीस्थित नेपाली दूतावासले शनिबार जारी गरेको विज्ञप्तिमा घाइते सबै नेपालीसँग दूतावासका कर्मचारीले सम्पर्कमा रहेको उल्लेख गरिएको छ। घाइतेमध्ये एक जना भने अझै अस्पतालमा उपचाररत रहेका छन् तर उनको अवस्था पनि खतरामुक्त रहेको जनाइएको छ।
गत शुक्रबार इरान बाट प्रहार गरिएको ड्रोनलाई यूएईको वायु रक्षा प्रणालीले अवरोध गरेपछि त्यसका भग्नावशेष अबुधाबीको अजबान क्षेत्रमा खसेका थिए।
उक्त घटनामा ७ नेपालीसहित कुल १२ जना घाइते भएका थिए, जसमा अन्य ५ जना भारत का नागरिक रहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया