काठमाडौं — निर्वाचन आयोग नेपालले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम भोलि आइतबारदेखि पुनः सञ्चालन गर्ने भएको छ। आयोगको चैत १८ गतेको बैठकले उक्त कार्यक्रम पुनः थाल्ने निर्णय गरेको हो।
आयोगका अनुसार राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकले सोही विवरण प्रयोग गरेर अनलाइनमार्फत नै नाम दर्ता गर्न सक्नेछन्।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राष्ट्रिय परिचयपत्र नबनाएकाहरूले ‘प्रि–इन्रोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फाराम भरी फोटो तथा औँठाछापसहितको जैविक विवरण प्रविष्ट गर्नुपर्नेछ।
त्यस्तै, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमार्फत पनि मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने आयोगले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया