पिएसएलमा इस्लामावाद युनाइटेड र क्वेटा क्लाडियटर्सबीच खेल, दीपेन्द्र ऐरीको डेब्यूको सम्भावना

145 Shares

काठमाडौं । पाकिस्तान सुपर लिग (पिएसएल) क्रिकेटमा इस्लामावाद युनाइटेडले बिहीबार क्वेटा क्लाडियटर्ससँग प्रतिस्पर्धा गर्ने भएको छ।

नेपाली राष्ट्रिय क्रिकेट खेलाडी दीपेन्द्र सिंह ऐरी अनुबन्धित इस्लामावादको यो सिजनको तेस्रो खेल हो। यसअघि दुई खेलमा टोलीमा नपरेका ऐरी बिहीबार डेब्यू गर्ने प्रयासमा हुनेछन्।

खेल पाकिस्तानको लाहोरस्थित गद्दाफी क्रिकेट रंगशालामा दिउँसो सवा ३ बजे सुरु हुनेछ।

यस सिजनका लागि दीपेन्द्र ऐरी करिब ३१ लाख नेपाली रुपैयाँमा इस्लामावादसँग अनुबन्धित भएका हुन्। इस्लामावाद ८ टोली सहभागी लिगको छैठौं स्थानमा रहेको छ भने शीर्ष स्थानमा मुल्तान सुल्तान रहेको छ।