पश्चिम एशिया संकटको प्रभाव अध्ययन गर्न मन्त्रीस्तरीय कार्यदल गठन

165 Shares

काठमाडौं । एक महिनादेखि पश्चिम एशियामा जारी द्वन्द्वका कारण उत्पन्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय प्रभाव अध्ययन गर्न सरकारले मन्त्रीस्तरीय कार्यदल गठन गरेको छ।

शिशिर खनाल को संयोजकत्वमा उच्चस्तरीय अन्तरमन्त्रालय कार्यदल गठन गरिएको हो। कार्यदलले युद्धका कारण उत्पन्न संकटको बहुआयामिक प्रभावको अध्ययन गरी आवश्यक नीति तथा रणनीति तयार गर्नेछ।

कार्यदलले विशेषगरी मध्यपूर्वको तनावले वैदेशिक रोजगारी, आपूर्ति शृंखला, ऊर्जा तथा सामाजिक क्षेत्रमा पार्ने प्रभावको मूल्यांकन गर्दै त्यसको व्यवस्थापनका उपाय सुझाउनेछ।

सरकारका अनुसार कार्यदलले सात दिनभित्र अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीतिगत कार्ययोजना सहितको प्रतिवेदन पेश गर्नेछ।

उक्त प्रतिवेदनका आधारमा सरकारले आवश्यक निर्णय तथा कार्यान्वयन प्रक्रिया तत्काल अघि बढाउने जनाएको छ।