काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबारदेखि देशभर एकैसाथ सुरु हुने भएको छ।
राष्ट्रिय परीक्षा बोर्ड का अनुसार परीक्षा बिहान ८ बजेदेखि सञ्चालन हुनेछ। चैत २९ गतेसम्म चल्ने परीक्षामा कुल ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी सहभागी हुनेछन्।
यसमा नियमिततर्फ ४ लाख ४१ हजार ५ सय ६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८ सय ५५ विद्यार्थी रहेका छन्। बोर्डका अनुसार परीक्षामा छात्रा २ लाख ५७ हजार ६ सय १३, छात्र २ लाख ५४ हजार ८ सय १ र अन्य ७ जना सहभागी हुनेछन्।
यस वर्ष जापानमा समेत परीक्षा केन्द्र राखिएको छ, जहाँ २३ जना विद्यार्थीले परीक्षा दिनेछन्।
बोर्डले परीक्षा शान्तिपूर्ण र व्यवस्थित बनाउन सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। साथै नतिजा एक महिनाभित्र सार्वजनिक गर्ने तयारी गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया