काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य उल्लेखनीय रूपमा बढेको छ।
मंगलबार र बुधबार दुई दिनको अवधिमा सुनको मूल्य प्रतितोला १४ हजार १ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार बुधबार सुन प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ, जबकि मंगलबार २ लाख ९० हजार २ सय रुपैयाँ थियो।
यसैगरी चाँदीको मूल्य पनि बढेको छ। मंगलबार प्रतितोला ४ हजार ८ सय ४५ रुपैयाँ रहेको चाँदी बुधबार ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ, जसअनुसार प्रतितोला १०० रुपैयाँले वृद्धि भएको हो।
अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस ४ हजार ६ सय ८० अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया