सामाजिक सञ्जालमार्फत चरित्र हत्या आरोपमा रेसलर पक्राउ

175 Shares

काठमाडौं । सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा रेसलर भगवती खड्का पक्राउ परेकी छन्।

रामेछापको मन्थली नगरपालिका–१२ घर भई हाल काठमाडौंको शान्तिनगर बस्दै आएकी ३५ वर्षीया खड्कालाई नेपाल प्रहरी साइबर ब्यूरो ले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पीडित महिलाको फोटोमा अश्लील टिप्पणी गर्दै घृणा र द्वेष फैलाएको आरोपमा उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो।

घटनासम्बन्धी विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। जिल्ला अदालत काठमाडौंबाट ४ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी दिलीपकुमार गिरी ले दिएका छन्।