141
Shares
काठमाडौँ । अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा उत्रिएका नेकपा (एमाले) कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको छ ।
माइतीघर मण्डला–बबरमहल क्षेत्रमा भइरहेको प्रदर्शनका क्रममा एक समूह सिंहदरबार को दक्षिण गेटतर्फ अघि बढेपछि प्रहरीले बल प्रयोग गरेको हो ।
लाठीचार्जका क्रममा युवराज ओली सहित केही नेता–कार्यकर्ता घाइते भएका छन् । काठमाडौं महानगर–१ निवासी युवराज ओलीको टाउकोमा लाठी लागेर घाइते भएको जनाइएको छ ।
घाइते उनलाई अन्नपूर्ण न्यूरो अस्पताल मा उपचारका लागि लगिएको छ ।
प्रदर्शनस्थलमा अहिले पनि तनाव कायम रहेको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया