बलात्कार आरोपमा पूर्व सभासद कर्णबहादुर मल्ल पक्राउ

129 Shares

काठमाडौँ । नेकपा (एमाले) का पूर्व सभासद कर्णबहादुर मल्ल पक्राउ परेका छन् ।

मुगुको सोरु गाउँपालिका–१० घर भई हाल काठमाडौँको चन्द्रागिरी नगरपालिका–७ मा बस्दै आएका ५२ वर्षीय मल्ललाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई ललितपुर महानगरपालिका–१५ बाट पक्राउ गरिएको ललितपुरका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।

एक महिलाले बलात्कारको आरोपमा उजुरी दिएपछि सोही आधारमा मल्ललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको बताइएको छ ।