माइतीघरमा सुरक्षा कडाइ, ढुंगा–इँटा हटाइँदै

129 Shares

काठमाडौँ । माइतीघर मण्डला आसपासका सडक र सडकपेटीमा रहेका ढुंगा तथा इँटा प्रहरीले हटाउन थालेको छ । ती सामग्रीहरू प्रहरी भ्यानमार्फत हटाइएको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउपछि उत्पन्न विरोधमा नेकपा (एमाले) निकट जनवर्गीय संगठनहरूले दिउँसो ३ बजेदेखि माइतीघरमा प्रदर्शन गर्ने घोषणा गरेका छन् ।

सम्भावित झडप हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थालाई मजबुत बनाउन प्रहरीले क्षेत्रमा रहेका ढुंगा र इँटा हटाएको जनाएको छ ।

स्थिति नियन्त्रणमा राख्न प्रहरी उच्च सतर्कतामा रहेको छ भने माइतीघर क्षेत्र आसपास सुरक्षा कडाइ गरिएको छ ।