काठमाडौँ । राजधानीको माइतीघर मण्डला क्षेत्र नेकपा (एमाले) का कार्यकर्ताको प्रदर्शनका कारण तनावग्रस्त बनेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओली लाई आज बिहान पक्राउ गरिएको विरोधमा एमालेका २३ जनसंगठनहरूले संयुक्त रूपमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरूले निषेधाज्ञा उल्लंघन गर्दै नयाँ बानेश्वरतर्फ अघि बढ्ने प्रयास गरेपछि प्रहरीले नियन्त्रणमा लिन थालेको छ । यससँगै माइतीघर आसपासको क्षेत्रको अवस्था थप तनावपूर्ण बनेको छ ।
प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको र स्थिति नियन्त्रणमा लिन थप सुरक्षा व्यवस्था कडा पारिएको जनाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया